प्रवासी नेपालीले गरे मोटरबाटो निर्माण

बेनी, म्याग्दी- म्याग्दीको एउटा गाउँबाट रोजगारका लागि प्रवासमा गएका व्यक्तिले रु एक करोड २५ लाख लगानीमा आठ किलोमिटर मोटरबाटो निर्माण गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन् ।

रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका बेगखोलेवासीले रु एक करोड २५ लाख जुटाएर बेग र बाँदुक गाउँलाइ जोड्ने आठ किमी सडक निर्माण गरेका हुन् । बेगखोला–देउराली–बेग—बादुक गाउँ जोड्ने यो सडकमा सरकारी लगानी भने छैन । हिउँद–बर्खा नियमित सवारी चल्ने यस सडकबाट गाउँलेले उत्पादन गरेको कृषि उपजको बजारीकरण, आवतजावतमा सुविधा र पर्यटकलाई समेत फाइदा पुगेको छ ।

मगर समुदायको बसोबास रहेको साबिक बेगखोला गाविसमा सडक मात्र होइन् शिक्षामा पनि प्रवासीको लगानी छ । स्थानीय महादेव माविको शैक्षिक गुणस्तरका लागि बेगखोले प्रवासीले अत्याधुनिक कम्प्युटर कक्ष स्थापना र त्यसको निरन्तरताका लागि रु २३ लाखको अक्षयकोष सञ्चालन गरेका छन्् । “दुई वर्षअघि पदमबहादुर पुर्जाको नेतृत्वमा स्थापना भएको कम्प्युटर कक्षमा १४ वटा ल्यापटप, प्रिन्टर र इन्टरनेटको व्यवस्था छ”, विद्यालयका प्रधानाध्यापक घनबहादुर फगामीले भन्नुभयोे, “वार्षिक रूपमा आउने ब्याजले कम्प्युटर शिक्षक, मर्मतसम्भार र इन्टरनेटको खर्च व्यवस्थापन हुन्छ ।”

विद्यालयमा योगकुमार फगामीले व्यक्तिगत रु पाँच लाखको पुरस्कार कोष, रु ६० हजारकोे गरीब तथा जेहेन्दार कोष र युबहादुर गर्बुजाले रु एक लाखको शिक्षक–अभिभावक कोष स्थापना गरेका छन् ।
विसं २०२५ मा स्थापना भएको विद्यालयको स्वर्ण जयन्तीका अवसरमा प्रवासीकै अगुवाइमा विद्यालय भवन पुनर्निर्माण अभियान शुरु गरिएको छ । रु दुई करोड लगानीमा १५ कोठे अत्याधुनिक भवन निर्माण गर्न अभियान शुरु गरिएको एनआरएनए युकेका अध्यक्ष एवं बेगखोले कल्याणकारी समाज युके उपशाखाका अध्यक्ष योगकुमार फगामीले जानकारी दिनुभयो । शिक्षा, सडक र पदमार्ग निर्माणका लागि प्रवासी बेगखोलेवासीले रु चार करोडभन्दा बढी लगानी गरेको फगामीले जानकारी दिनुभयो । बेगखोलाबाट विश्वका विभिन्न मुलुक पुगेका बेगखोले कल्याणकारी समाजमार्फत संगठित हँुदै आएका छन् । बेलायत, अमेरिका, हङकङ, दक्षिणकोरियामा यसको उपशाखा छ । “विदेश पुगे पनि गाउँका लागि केही गरौँ भन्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत एकजुट भएका छौँ”, बेगखोले समाज युकेका अध्यक्षसमेत रहेका फगामीले भन्नुभयो, “आफ्नो कमाईको केही हिस्सा गाउँको विकासमा लगानी गर्न जुटेका हौँ ।”
रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित