Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
नेपाली सांगीतिक धरातलमा लामो समयदेखि निरन्तर रुपमा अग्र स्थानमा रहन सफल यूवा गायक हिमाल सागर यतिबेला “हिमाल सागर लाइभ इन यूएसए टुर २०१८” को शिलसिलामा अमेरिका पुगेका छन् । नेपाली नयाँ वर्ष वि.स. २०७५ को उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्नको लागि आयोजना गरिएका कार्यक्रममा सहभागिता जनाउनका लागि उनि अमेरिका गएका हुन् । अप्रिल १४ तारिखका दिन नक्षेत्र फाउन्डेशनद्वारा अमेरिकाको ओहायोमा उनले पहिलो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । तेस्तैगरि २२ अप्रिल आइतबारका दिन अमेरिकाको ओहामास्थित पूरानो संस्था नेब्रास्का नेपलीज सोसाइटीले आयोजना गरेको ‘हिमाल सागर लाइभ कन्सर्ट २०१८’ मा उनले जोडदार प्रस्तुती गर्ने भएका छन् । उक्त कार्यक्रममा हिमाल सागरले आफ्ना चर्चित गीतहरु न मैले लेखे न उनले लेखिन, तीन ढिके फुली, तिम्रो चोलीको तुनामा, मेरो माया कहिले मुस्कुराउने, मेरो माया मारेपछि तिमि त दामी भैछौ जस्ता लोकप्रिय गीतहरु प्रस्तुत गर्ने भएका छन् । साँझ ५ बजेबाट हुनलागेको उक्त कार्यक्रमको लागि करिब ५ सय टिकट बिक्रि भैसकेको गायक हिमाल सागरले बताएका छन् । कार्यक्रममा प्रत्यक्ष्य रुपमा भेटेर नयाँ वर्षको शुभकामना आदान प्रदान गर्नको लागि सो क्षेत्र र आसपासमा बस्नुहुने सम्पूर्ण नेपालीहरुलाई उपस्थित हुनको लागि पनि गायक हिमाल सागरले अनुरोध गरेका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





