काठमाडौं । गजलकार डा. प्रदीप मैनालीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डाक्टर गंगाप्रसाद उप्रेतीले गजल सङ्ग्रहलाई लोकार्पण गरेको हुन् ।
८४ ओटा गजल सङ्कलित पुस्तकमा मैनालीले प्रेम, अर्थ, राजनीति तथा समसामयिक विषय समेटिएका छन् । कार्यक्रममा गजलसङ्ग्रहबारे समालोचक प्रभाती किरणले चर्चा गरेका थिए । गजलसङ्ग्रह बुलबुल पब्लिकेसनले बजारमा ल्याएको हो ।
मैनालीले दुई वर्षअघि वैशाखमै पहिलो गजलसङ्ग्रह ‘तुलसीको पात’ बजारमा ल्याएका थिए ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





