रत्ननगर, चितवन। चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।
बिहीबार पानीमा खेल्ने र जमिनमा जाने गरिरहेको बाघ आज मृत फेला परेको चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए ।
रत्ननगर नगरपालिकाले फोहर फाल्ने डम्पिङसाइडदेखि १०० मिटर उत्तरतर्फ पञ्चकन्या वनमा उक्त भाले बाघ मरेको हो । शरीरभरी घाउ नै घाउ भएको अवस्थामा बाघ मरेको भेटिएको भन्दै उनले अर्को बाघसँग जुधेर घाइते भएको र त्यही संक्रमणले मरेको आशंका गरिएको बताए ।
यसअघि बिहीबार उसले एउटा बँदेल समेत मारेर खाएको थियो । मरेको बाघको नमूना संकलन गरेर राष्ट्रिय प्रकृति संरक्षण कोषको प्रयोगशालामा पठाइएको पौडेलले जानकारी दिए ।
अरु नै कारण भए परीक्षणपछि मात्र यकिन हुने उनको भनाइ छ । पौडेलका अनुसार १५ दिनअघि समेत सोही वन क्षेत्रमा एउटा बाघ मरेको थियो । यसअघि चैत १० गते चितवन राष्ट्रिय निकुञ्ज नजिकै राप्ती नदी किनारमा बाघ मृत भेटिएको थियो । चैत र वैशाखमा मात्रै चितवनमा तीनवटा बाघ मरिसकेको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





