बालिका बलात्कार गर्ने ६० वर्षे वृद्ध समातिए

बिराटनगर । मोरङमा ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षीय वृद्ध जीतबहादुर मगर पक्राउ परेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय, बेलबारीको टोलीले झापाको गौरीगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो ।

यसअघि उनले जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नं–७ की ८ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका थिए । र, जनप्रतिनिधिको दबावमा मिलापत्र गराउने प्रयास भएको थियो ।

बिस्कुट दिने वहानामा घरमा बोलाएर मगरले बालिकामाथि बलात्कार गरेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ । पीडित बालिकाकी ११ वर्षीया दिदीले त्यो सबै देखेपछि बहिनीको उद्धार गरेर घर लगेकी उल्लेख गरिएको छ ।

लगत्तै, उनलाई बेलबारीको स्वास्थ्य केन्द्रमा समान्य उपचारपश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचार गर्न लगिएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित