तरकारीवालीले देखाइन् अनमोलको हिरोइन बन्ने इच्छा

काठमाण्डौ -चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेकी युवती कुशुम श्रेष्ठको फोटो पर्यटन व्यावसायी रुपचन्द्र महर्जनले खिचेर फेसबुकमा हालेपछि करीब १ वर्ष अगाडि सामाजिक सञ्जालमा ठूलै हलचल मच्चियो ।

नेपालमा मात्र होइन भारत लगायतका देशमा समेत उक्त तश्बिरले धूम मच्चायो । गाउँकी एक साधारण युवती कुशुम रातारात सेलिब्रेटी बनिन् । दर्जनौं फिल्मबाट अफर आए । म्यूजिक भिडियोको अफर गनिसाध्य छैन । यसैबीच उनले बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लम्फू’ साइन गरिन् ।

‘तरकारीवाली’को नाम जोडिएकै कारण दिन प्रतिदिन यस फिल्मको हाइप बढ्दो छ । गत बिहीवार फिल्मको ट्रेलर समेत सार्वजनिक भयो । उनी आफ्नो भूमिका छोटो भएपनि राम्रो रहेको सुनाउँछिन् । उनी भन्छिन्, ‘राम्रो भूमिका पाएर ‘लम्फू’ गरेँ । अब दर्शकको प्रतिक्रिया बुझ्न आतुर छु ।’ उनी यो फिल्म रिलिजपछि मात्र अन्य फिल्म गर्ने वा नगर्ने भन्ने कुराको निधो गर्ने बताउँछिन् ।

शुक्रवार दिउँसो फिल्मीखबर डटकमको कार्यालय पुगेकी कुशुम भन्छिन्, ‘राम्रो फिल्मबाट अफर आएको खण्डमा सोच्ने छु । तर, म आफ्नो अध्ययनलाई भने विश्राम दिएर फिल्म गर्दिनँ । दुबैलाई सँगै अगाडि बढाउँछु ।’ उनी अभिनेता तथा मोडल पुष्प खड्काको ठूलै प्रशंसक रैछन् । कोसँग पर्दामा स्क्रिन शेयर गर्ने मन छ ? भन्ने प्रश्नमा उनले झट्टै उत्तर दिइन्, ‘पुष्प खड्का साह्रै मन पर्छ । मैले उहाँको हरेक भिडियो हेरेको छु । फिल्म ‘मंगलम’ पनि निकै राम्रो लाग्यो । उहाँसँग काम गर्न पाएँ भने नाईँ भन्दिनँ ।’ पुष्प मात्र होइन उनलाई अहिलेका चल्तिका स्टार नायकसँग पनि काम गर्ने ठूलो इच्छा रहेछ ।

उनी भन्छिन्, ‘अनमोल केसी, प्रदीप खड्का, पल शाह, सलिनमान बनियाँ पनि खुब मन पर्छ । उहाँहरुको जोडी भएर काम गर्न चाहन्छु ।’ उनी अभिनेत्री द्वय आँचल शर्मा र पूजा शर्माको पनि ठूलो फ्यान रहेको बताउँछिन्

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित