दमक — घरको छतबाट खसेर झापाको दमकमा शुक्रबार बिहान एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पाँचथरको फिदिम नगरपालिका–२ गोलाटारमा घर भई दमक नगरपालिका–७ मा डेरा गरी बस्ने २७ वर्षीया कमला गुरुङको मृत्यु भएको हो ।
कमला राति दुई तले घरको छतमा सुतेकी थिइन् । बिहान २ बजेतिर उठेर तल झर्ने क्रममा उनी छतबाट खसेको प्रहरीले जनाएको छ । खसेर गम्भीर घाइते भएकी कमलाको स्थानीय लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





