विराटनगर- विराटनगरस्थित कोशी राजमार्गमा भ्यानको ठक्करबाट बिहीबार बेलुकी ८ बजे एकजनाको मृत्यु भएको छ ।
को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिएपछि गम्भीर घाइते भएका विराटनगर–४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सो भ्यान प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।
रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





