बाजुरा-बडीमालिका नगरपालिका–९ मा आज कृष्णबहादुर सिंहको घरमा आगलागी हुँदा रु चार लाख बराबरको क्षति भएको छ ।
विद्युत्को तार सट भएर आगलागी भएपछि घरमा भएका लत्ताकपडा, टिभी, अन्नलगायत सामग्री जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो ।
प्रहरी कार्यालय नजिकैको घरमा आगलागी भएकाले आधा घण्टामा नै उक्त आगो नियन्त्रणमा लिन प्रहरी सफल भएको वलीले बताउनुभयो ।
रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





