नुवाकोट-किस्पाङ गाउँपालिका–२ फिकुरीका बिनाकुमारी ढुङ्गेल हराएको एक महिनापछि बुधबार मृतावस्थामा भेटिएकी छिन् ।
पैँचालिस वर्षीया ढुङ्गेलको शव त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थल विदुर नगरपालिका–७ स्थित त्रिशूली नदीमा भेटिएको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । गएको चैत ५ गते घरबाट नै हराएपछि उनको खोजी भइरहेको थियो ।
शवको जिल्ला अस्पताल त्रिशूलीमा आज परीक्षण गरी परिवारले जिम्मा लिएका छन् ।
मृत्युको कारण खुल्न नसकेकाले पोष्टमार्टम परीक्षण प्रतिवेदन लगायतका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





