काठमााण्डौ-वि.सं. १९४२ को शमसेर राणाहरुको विद्रोह अगाडि यो दरबार थापाथली दरबारकै एक भागको रुपमा ंरहेको थियो । चन्द्र शमसेर सत्तामा आएपछि सिंहदरबार सरेर यो दरबार छोरा सिंह शमसेरलाई हस्तान्तरण गरे । यो दरबार त्यसपछि सिंहमहलको नामले चिनिन थाल्यो । वि.सं. १९९० को महाभूकम्पले महललाई क्षति पु¥याएपछि यसलाई पुन ः निर्माण गरिएको थियो । २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि एक दिन जंगबहादुरका केही सन्तति आएर यो दरबारमा हक दाबी गरेपछि सिंह शमसेरले जंगबहादुरका सन्ततिलाई भोलिपल्ट बोलाई थापाथली जंगबहादुरको हुनु अगावै थापाहरुको भएको र पहिले थापाहरुसँग सल्लाह गरी हकदाबी गर्नु भनी पठाएका थिए । त्यसपछि उनले यो सिंहमहल ७ लाख रुपैयाँमा नेपाल राष्ट्र बैंकलाई बेचिदिए । हाल यो दरबारमा नेपाल राष्ट्र बैंकको कार्यालय रहेको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
सिंहमहल कसरी बन्यो राष्ट्रबैंक ?
सिंहमहल कसरी बन्यो राष्ट्रबैंक ?
तपाईको प्रतिक्रिया





