राप्ती आँखा अस्पताललाई रु पाँच लाख सहयोग

दाङ-नेपालमा अन्धोपन निवारणका लागि सेती, महाकाली र राप्तीमा अन्धोपन निर्वारण गर्न र आँखा अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने नर्वेका स्व डा अल्वर्ट कोलस्टाडको परिवारले राप्ती आँखा अस्पताललाई रु पाँच लाख सहयोग गरेको छ ।

मंगलबार अस्पतालमा पुगेर परिवारले नेपाल नेत्रज्योति संघलाई सो रकमको चेक हस्तान्तरण गरेको हो । स्व अल्वर्टका श्रीमती डा सिसेल हल्डेन, छोरा डा हेनीक अल्वर्ट कोलस्टाडले राप्ती आँखा अस्पताललाई रु पाँच लाखको चेक सहयोग हस्तातरण गर्नुभएको हो ।

कोलस्टाडप्रति श्रद्धाञ्जलि दिन आउनेलाई फूलमालाभन्दा पनि पार्थिव शरीरमा पैसा चढाउन परिवारले आग्रह गरेको र सो रकम नेपालमा अन्धोपन निवारणमा लगाउन परिवारले आग्रह गरेको एनएबिपीका कार्यक्रम निर्देशक हरिशरण विष्टले बताउनुभयो ।

“स्व कोलस्टाड नेपालमा आँखा अस्पतालको स्थापना र अन्धोपन निवारणका लागि जीवनको अन्तिम समयसम्म पनि लाग्नुभयो, त्यही देखेर परिवारले पनि उहाँको पार्थिव शरीरमा फूल, माला होइन पैसा चढाउनुहोस् भनेर श्रद्धाञ्जलिमा आउनेलाई परिवारले भनेका थिए” विष्टले भन्नुभयो ।

उनीहरुले नेपाल नेत्रज्योति संघ, दाङका सभापति कृष्णकुमार गिरीलाई सो रकमको चेक हस्तान्तरण गर्दै स्व अल्वर्टले गदै आएको सहयोगलाई निरन्तरता दिने पनि बताएका थिए । स्व अल्वर्टले नर्वेबाट धनगढीमा रहेको गेटा आँखा अस्पताल र दाङमा रहेको राप्ती आँखा अस्पताललाई सहयोग गर्दै आउनुभएको थियो ।

कार्यक्रममा अल्वर्टकी श्रीमती डा सिसेल हल्डेनले राप्ती आँखा अस्पताललाई भौतिक र प्राविधिक सहयोग गर्ने बताउनुभएको थियो ।

रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित