Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
दाङ-गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ ।
ज्यान जानेमा घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आज बिहान ५ः३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो । उनलाई ठक्कर दिने गाडीको भने पहिचान भएको छैन । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





