Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, शान्तिका प्रतिक गौतम बुद्धको जन्मोत्सवको वसर पारेर यसपटक पनि बेलायतवासी नेपालीहरुले लन्डनको केन्द्रविन्दु मानिने ट्राफलगर स्क्वायरमा एक भव्य कार्यक्रम गरिने भएको छ । आगामी मे ५ तारिख शनिबारका दिन साँझ ६ बजे हुने २५६२औं बुध्द जयन्ती कार्यक्रमका लागि स्थानीय निकायबाट अनुमति प्राप्त भैसकेको जानकारी आयोजकले दिएका छन् । बुद्ध फाउण्डेसन युके र कपिलवस्तु समाज युकेको आयोजना रहेको सो कार्यक्रममा नेपाली दुतावास लन्डन र ग़ैर आवासीय नेपाली संघ बेलायतको सहकार्यमा हुन् गइरहेको हो । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको प्रबर्द्धन एवं बौद्ध दर्शन र शान्तिको सन्देश विश्व समक्ष पुऱ्याउनु र नेपालको पर्यटन प्रबर्धन गर्नु नै कार्यक्रमको मुख्य उदेश्य रहेको छ । कार्यक्रमलाई नेपाल टुरिजम बोर्ड र ग़ैर आवासीय नेपाली संघ आइसीसीको पनि साथ रहेकोछ । बेलायतमा रहेका अधिकांश संघसंस्थाहरूको पनि सहभागीता रहने छ । कार्यक्रम अघिल्ला वर्षहरुमा भन्दा अजह बढि व्यापक हुने आयोजक तथा बुद्ध फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठले बताएका छन् । कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्था, कुटनीतिक नियोगका प्रमुख, सांसद, अन्तर्राष्ट्रिय संचारमाध्यम, यहाँस्थित विदेशमन्त्रालयका अधिकारी, काउन्सिलर्स, मेयरलगायतलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाइ सफल पार्नको लागि समस्त बेलायतवासी नेपाली, संघसंस्था, ब्यापारी, बुद्दिजीवी, तथा समाजसेवीहरुलाई उपस्थित हुनको लागि अनुरोध गरिएको छ । उक्त दिन बुद्ध सम्बन्धी प्रवचन, प्रचार प्रसार, चित्र प्रदर्शनी, दीप प्रज्वलन गरिनेछ । स्मरण रहोस गत वर्ष ट्राफलगर स्क्वायरमा बुद्धजयन्ती कार्यक्रम आयोजना गरिएको थियो भने त्यसअघि कपिलवस्तु समाजको आयोजनामा लण्डनको पार्लियामेन्ट स्क्वायर अगाडि बुद्ध जयन्ति समारोहको आयोजना गरिएको थियो ।
कार्यक्रम सम्बन्धि प्रोमो हेर्नुहोस ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





