Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके
लन्डन, करिब तीन दशक लामो रंगमंचको यात्रा पार गरिसकेका र रंगमंचको क्षेत्रमा नेपालमा आफ्नो छुट्टै पहिचान बनाइसकेका नाट्यकर्मी एवं निर्देशक सनम कुमार बैरागले आफ्नो तेश्रो ऐतिहासिक नाटक भीमसेन थापाको प्रदर्शन गर्न लागेका छन् । सफल रंगकर्मी तथा निर्देशक सनम कुमार बैरागले यसघि भूकम्पको दर्दनाक पीडाले भरिएको नाटक समय दृश्य र द्वन्दकालिन परिवेश अनि संकुचित नेपाली समाज र नारी थिचोमिचो आदिले समेटिएको नाटक जीगीषा (जित्ने इच्छा) को सफल प्रदर्शन गरिसकेका छन् । भीमसेन थापाको प्रदर्शनको पूर्ण तयारी भैसकेको र आगामी मे महिनाको १२ र १३ मा बेलायतस्थित ह्यार्रोमा प्रदर्शनी गरिने पक्का भइसकेको नाटकका प्रमुख पात्र भीमसेन थापा अर्थात निर्देशक सनम कुमार बैरागले जानकारी दिएका छन् । नाटकमा भीमसेन थापाको भूमिका स्वयं निर्देशक सनम कुमार बैरागले निभाएका छन् । भीमसेन थापा युग कवि सिद्दीचरण श्रेष्ठको रचनामा प्रकाशक दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठान र खगेन्द्र नेपालीको अडियो बुकमा आधारित रहेको छ । नाटकमा भीमसेन थापाकी पत्नी भक्ति कुमारीको भूमिकामा सन् २०१२ की मिस यूके नेपाल दुर्गा गुरुंग रहेकीछन् । उनले यस अघि पनि नाटक समय दृश्यमा सफल अभिनय गरिसकेकी छन् । तेस्तैगरी समय दृश्य र जीगीषामा अभिनय गरिसकेका रंगकर्मी सुरेश श्रेष्ठले सुत्रधारको भूमिका निभाउने भएका छन् । बेलायतमा रहेर पनि रंगमंचको क्षेत्रमा एउटा छुट्टै इतिहास रच्न सफल व्यक्तिको रुपमा देखा परेका बैराग विगत केहि वर्षदेखि रंगमंचको क्षेत्र मार्फत बेलायतवासी नेपालीहरुमाँझ उदाएका हुन् । प्राय नाट्यकर्मीलाई पहिला स्क्रिप्टको आवश्यकता पर्दछ तर विना स्क्रिप्ट नाटक रच्ने खुवी भएका नाट्यकर्मी बैरागले बेलायतमा पनि रंगमंचको क्षेत्रलाई निरन्तरता दिंदै आइरहेका छन् । भिजन संसार डटकमको प्रस्तुति रहेको ऐतिहासिक नाटक भीमसेन थापाले पनि सफलता प्राप्त गर्ने र नयाँ कीर्तिमान राख्ने आशा राखेको नाटकमा सहभागी रंगकर्मीहरुले जानकारी दिएका छन् । प्रत्यक वर्ष एउटा नाटक प्रस्तुत गर्दै लैजाने लक्ष्य रहेको निर्देशक सनम कुमार बैरागले बताएका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





