नारायणहिटी दरबारको ऐतिहासिक कहानी

सरु पौडेल ,काठमाण्डौ-वि.सं. १९४२ कात्तिकमा प्रधानमन्त्री रणेद्विप सिंहको षड्यन्त्रपूर्वक हत्या नारायणहिटी दरबारको दक्षिण लङको कोठामा भएको थियो । हत्यापछि उनको मृत शरीरलाई खड्ग शमसेर,डम्बर शमसेर, भीम शमसेर र सुब्बा बलवान् सिंहले लतार्दै सैनिक जवानहरुलाई देखाउन ल्याएका थिए । शमसेर खलकले गरेको यस हत्याकाण्डपछि वीर शमसेर सत्तामा आए । हत्याकाण्ड मच्चिएको दरबारमा बस्न नचाहेकाले उनले सोही वर्ष सो दरबारलाई जगैदेखि भत्काउन लगाए र सोही स्थानमा अनेक होमादि गरी नयाँ भव्य दरबार निर्माण गरे । तत्कालीन राजा श्री ५ पृथ्वी वीर विक्रम शाह बसोबास गर्ने हनुमानढोका राजदरबार ज्यादै साँघुरो र जीर्णसमेत भएको तथा रोगव्याध, होहल्ला हुने भएकाले पनि तत्कालीन प्धानमन्त्री वीर शमसेरले राजालाई यस नारायणहिटी दरबारमा राखेपछि यो दरबार राजदरबारमा परिणत भयो । बेलायती शैलकिो यस दरबारबाट वि.सं. २००७ साल फागुन ७ गते श्री ५ त्रिभुवनबाट प्रजातन्त्र घोषणा भएको थियो । तत्कालीन राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहको परिवार बस्दै आउको राजदरबार राजपरिवारको हत्यापछि देशको अन्तिम राजा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह बस्दै आएका थिए । २०६२÷६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भएर गणतन्त्र घोषणा भएपछि यस दरबारलाई संग्रहालयमा परिणत गरिएको हो । पहिले भिआइपिलाई मात्र खुल्ला गरिएको यो संग्रहालय हाल सर्वसाधारणको लागि पनि खुल्ला गरिएको छ ।
हामी यसरी नै नेपालका तत्कालीन अन्य दरबारहरुको पनि ऐतिहासिक कथाहरु श्रृङ्खलाबद्ध रुपमा समेट्ने छौँ । जानकारीको लागि गोर्खा अनलाइन रेडियो पढ्न र सुन्न नबिर्सनुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित