Home > Blog > इन्धन बोक्ने ट्याङ्करबाट १६० केजी गाँजासहित दुईजना पक्राउ

इन्धन बोक्ने ट्याङ्करबाट १६० केजी गाँजासहित दुईजना पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं । इन्धन बोक्ने ट्यांकभित्र लुकाएर लागूऔषध गाँजा तस्करी हुने गरेको खुलेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ना ४ ख ५३६८७ नम्बरको ट्यांकरभित्र क्याबिनमा १६० केजी गाँजाको चिप्पडसहित दुई जनालाई पक्राउ गरेसँगै गाँजा तस्करीको यो शैली सार्वजनिक भएको हो ।

प्रहरीका अनुसार ७ वटा प्लाष्टिकको बोरामा प्याक गरेर गाँजा तस्करी गरिएको हो ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र कैलाश गाउँपालिका–२ का २६ वर्षीय इमानसिंह स्याङ्बो छन् ।

उनीहरुलाई काठमाडौंको चन्द्रगिरी–२, झ्याप्ले खोलास्थित सडक किनारबाट पक्राउ गरिएको ब्यूरोका प्रमुख डिआईजी ठूले राईले बताए ।

उनका अनुसार गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका दुई जना लोमो समयदेखि गाँजाको कारोबारमा संलग्न रहेको समेत खुलेको ब्यूराले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

फोहर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै काठमाडौँ

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको …