भोजपुर-भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ तिम्मामा भिरबाट लडेर एकजनाको ज्यान गएको छ ।
सोही वडाको खम्बुखाका ४७ वर्षीय स्थानीयबासी महेन्द्रबहादुर तामाङको भिरबाट लडेर ज्यान गएको हो । नयाँ वर्षको लागि हाँसपोखरी मेलामा गएका तामाङको मादक पदार्थ सेवन गरी घर फर्कनेक्रममा आइतबार मयुँखर्क सामुदायिक वनको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनास्थल सदरमुकामबाट टाढा रहेकाले शवलाई परीक्षणका लागि जिल्ला ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । शव परीक्षणपछि परिवारको जिम्मा लगाइने भएको प्रहरीको भनाइ छ ।
-रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





