माओवादीको निर्णयः पाटी एकता होइन पाटी विलय बनाउन खोजियो

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता नभई आफूमा विलय गराएर सिध्याउन खोजेको निश्कर्ष माओवादी नेताहरुले निकालेका छन् ।

पार्टी एकता नै गर्न चाहेको हो भने ओलीले बराबरीका आधारमा अघि बढ्नैपर्ने माओवादी नेताहरुको निश्कर्ष छ ।

आइतबार गर्ने भनिएको प्रधानमन्त्री ओलीसँगको छलफल स्थगन गरेर माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा ‘आराम गर्न’ गएका थिए ।

प्रचण्ड सुकुटेतिर लाग्नुअघि आइतबार नै वाइसीएलका नेताहरु अनि एमाले नेता माधव नेपालसँग प्रचण्डको बेग्लाबेग्लै छलफल भएको थियो ।

आइतबार दिउँसो प्रचण्ड र ओलीवीच टेलिफोन सम्वाद भएको थियो, जसमा प्रचण्डले सुकुटेतिर जान लागेको बताउँदै सोमबार बिहान छलफल गरौं भनेका थिए । यही सहमति अनुसार सोमबार सुकुटेबाट फर्केर प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

यस्तो छ माओवादीको निश्कर्ष

पछिल्लो समय एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सम्मानजनक ढंगबाट पार्टी एकता गर्ने नभएर माओवादीलाई सिध्याउने र आफूसँग विलय गराउने कूटनीति अपनाएको माओवादी नेताहरुले निश्कर्ष निकालेका छन् ।

‘ओली पार्टी एकताको अर्थमा नभई पेलान गर्ने र माओवादीलाई सिध्याइदिने मनस्थितिमा देखिएका छन्’ एक माओवादी नेताले अनलाइनखबरसँग भने- ‘सरकार सञ्चालनको कार्यशैली हेर्दा उनी खतरनाक अधिनायकवादतिर उन्मूख भइरहेका छन्, त्यसैले बेलैमा सतर्क हुनुपर्छ भन्ने हाम्रो निश्कर्ष छ ।’

प्रचण्डसँग निकट केही माओवादी नेताहरुसँग अनौपचारिक कुराकानी गर्दा उनीहरुले यस्तो संशययुक्त विश्लेषण सुनाएः

-केपी ओली दुईवटा वामपन्थी धारलाई आपसमा मिलाउने र सम्मानजनक एकता गर्ने पक्षमा छैनन् । उनी माओवादीलाई फसाएर आत्मसमर्पण गराउन अनि सिध्याउन चाहन्छन् ।

-केपी ओलीले प्रचण्डलाई पनि अध्यक्ष बनाउने आश्वासन त दिएका छन् । तर, उता माधव नेपाललाई पनि महाधिवेशनपछि तपाईलाई पार्टी अध्यक्ष बनाउँछु भनेर आफ्नो नजिक ल्याएका छन् । एमाले नेता माधव नेपाल पिँध नभएका लोहोटा हुन् भन्ने पुनः एकपटक पुष्टि भएको छ ।

-केपी ओलीले सचिवहरुको सरुवा गर्दा माओवादी निकट मन्त्रीहरुसँग कुनै सरसल्लाह गरेनन् । यतिसम्म कि माओवादी अध्यक्ष प्रचण्डसँग पनि छलफल नगरी उनी एकलौटी ढंगबाट सरकार सञ्चालन गरिरहेका छन् । एउटै पार्टीभित्र त नेताहरुसँग छलफल र सल्लाहका आधारमा सरकार चलाउनुपर्छ भने अहिले बेग्लै रहेको माओवादीलाई बाइपास गर्ने ओलीको चाहना देखिएको छ ।

– सम्मानजनक पार्टी एकता गर्ने लाइनबाट केपी ओलीमा विचलनको सुरुवात उनको बैंकक भ्रमणपछि भएको हो । त्यहाँ उनले भारतीय ‘रअ’का उच्च अधिकारीलाई भेटे र आफूले लिँदै आएको राष्ट्रवादको अडानलाई बिर्सेर मोदी सरकारसँग लाइन मिलाए । र, त्यसैको क्लाइमेक्स हो, उनको भारत भ्रमण, जहाँ केपी ओलीको राष्ट्रवादको भाँडो पूर्णरुपमा घोप्टियो ।

-पार्टी एकता हुन नदिन चुनावअघिदेखि नै विभिन्न तत्वहरु लागेका थिए । अहिले पनि माओवादीको भर छैन, धोका दिन सक्छ भन्दै ओलीलाई भड्काउने काम भइरहेको छ । विशेषगरी भारतसँग सम्बन्ध सुध्रिएपछि ओली माओवादीलाई पेल्ने मुडमा बढी देखिएका छन् । माओवादी आएन भने मधेसी दलले हामी छौं भनेर ओलीलाई आश्वासन दिइरहेका छन् ।

– गत चुनावमा एमाले र माओवादी दुबै दल साझा घोषणापत्र लिएर गएका छन् र मतदाताको म्यान्डेट भनेको पनि दुई पार्टीवीच एकता हुनैपर्छ भन्ने हो । र, एकता जरुरी छ, एकता गर्नैपर्छ, तर बराबरी हैसियतका आधारमा सम्मानजनक एकता होस् भन्ने अध्यक्ष प्रचण्डको चाहना छ । त्यसैले एकता वैशाख ९ मा नभए पनि, केही ढीलो भएता पनि अवश्यै हुन्छ, हुनुपर्छ
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित