Home > Blog > बेलायतस्थित नेपाली पण्डितहरुद्वारा नयाँ वर्ष २०७५ एवं धार्मिक अनुष्ठान कार्यक्रम सम्पन्न

बेलायतस्थित नेपाली पण्डितहरुद्वारा नयाँ वर्ष २०७५ एवं धार्मिक अनुष्ठान कार्यक्रम सम्पन्न

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके, फोटो हेर्न यहाँ क्लिक गर्नुहोस
लन्डन, यहि अप्रिल १४ तारिख शनिबारका दिन लण्डनको साउथहलस्थित विश्व हिन्दू मन्दिरमा बेलायतमा बसोबास गर्दै आएका पण्डितहरुको समूहले एक विशेष कार्यक्रम गरि ‘नव वर्ष वसन्त उत्सव तथा धार्मिक अनुष्ठान कार्यक्रम’को आयोजना गरेको थियो । उक्त अवसरमा पं. गोविन्द नेपाल, पं. दुर्गाप्रसाद पोख्रेल, पं.नारायण ‘गाउँले’, पं. शेखर काफ्ले पं. चिरञ्जीवि ढकाल र श्री होमनाथ पौडेलद्वारा सत्यनारायण पूजा ब्रत कथा ग्रह शान्ति तथा भजन कीर्तन गरिएको थियो । कार्यक्रममा पशिम लण्डनको सेरोफेरोमा बसोबास गर्ने भक्तजनहरुको उपस्थिती रहेको थियो । पूजा समारोहमा समाजसेवी धुर्व केसी तथा श्रीमती केसी, कृष्ण तिमल्सिना तथा श्रीमती तिमल्सिना, सदन भट्ट तथा श्रीमती भट्ट र मिसेस नेपाल यूके परिवार यजमानहरुले सहभागीता जनाएका थिए । नेपाली नयाँ वर्षका दिन पारेर धार्मिक परम्परा अनुसार नयाँ वर्षका साथै भजन कीर्तन र ग्रह शान्ति समेतको आयोजना गर्ने उद्देश्यले गतवर्ष देखि कार्यक्रमको आयोजना गर्न लागिएको र यसलाई निरन्तरता दिंदै जाने पण्डित गोविन्द नेपालले बताएका छन् ।
पण्डित चिरन्जीवी ढकाल तथा एनआरएनए यूके धर्म विभाग प्रमुख होमनाथ पौडेलको संयोजकत्वमा आयोजना गरिएको उक्त ‘नव वर्ष वसन्त उत्सव तथा धार्मिक अनुष्ठान कार्यक्रम’ मा पण्डित गोविन्द नेपालले सत्यनारायणको कथा सुनाएका थिए । पण्डित दुर्गाप्रसाद पोखरेलले नेपाली नयाँ वर्ष किन मनाइन्छ र यसको धार्मिक एवं ऐतिहासिक महत्वको बारेमा प्रकाश पारेका थिए । पूजा समारोहमा सोलिसिटर राजु थापा, धुर्ब केसी, एनआरएन यूके महासचिव राजकुमार त्रिपाठी, समाजसेवी कृष्ण तिमल्सिना, दधि आचार्य मीडियाकर्मी लगायत श्रद्दालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

ट्रकमा फल्सबटम बनाएर चरेश र अफिम तस्करी !

काठमाडौं । भारतीय ट्रकको प्रयोग गरेर नेपालबाट चरेश र अफिम तस्करी हुने गरेको खुलेको छ …