Home > Blog > रसमोर नेपाली समाजले भव्यताकासाथ मनायो नेपाली नयाँ वर्ष २०७५

रसमोर नेपाली समाजले भव्यताकासाथ मनायो नेपाली नयाँ वर्ष २०७५

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, नेपाली नयाँ वर्ष वि.स.२०७५ लाई देश विदेशमा सर्वत्र भव्यताकासाथ मानाइएको छ । बेलायतका विभिन्न स्थानहरुमा पनि यहाँका नेपाली समाजको अगुवाइमा नेपाली नयाँ वर्ष हर्सोल्लास्का साथ् मनाइएको छ । नयाँ वर्ष मनाउने क्रममा ग्रेटर रसमोर नेपाली कम्युनिटीले नयाँ वर्षको दिन पारेर गत शनिबार साँझ बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा नेपाली नयाँ वर्ष २०७५ भव्यताका सम्पन्न गरेको छ । स्थानीय मेयर सोफिया चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी,रसमोर बरो मेयारेस अत्तिका चौधरी, एनआरएनए यूके उपाध्यक्ष्य पुनम गुरुङ, काउन्सिल लिडर डेभिड क्लिफोर्ड तथा श्रीमती लिज्जी, गिल्डफोर्ड काउन्सिर पल स्पोन र उनकी श्रीमती, काउन्सिलर अलेक्स क्रफोर्ड र श्रीमती जेनिफर इभान्स, पिसी निलम राई, मिस नेपाल यूके २०१७ सिर्जना गुरुङ, पूर्व काउन्टी काउन्सिलर मार्क स्टेपल हस्ट,डा. बलराम ढकाल, एनइ ह्यान्ट्स डोमेस्टिक फोरमकी अध्यक्ष्य करें इभान्स लगायत नेपाली समाजका विभिन्न व्यक्त तथा मिडियाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । शुभकामना मन्तब्य दिंदै प्रमुख अतिथी सोफिया चौधरीले नेपाली समाजको बढ्दो जनघनत्व र कला संस्कृतीको आदान प्रदानले यहाँको समाजमा नेपाली र नेपाली कला संस्कृतिले छुट्टै स्थान पाउन सफल भएको बताउंदै नेपाल कला र संस्कृतीले अत्यन्त धनि रहेको बताएकी थिइन् । तेस्तै गरि रसमोर नेपाली समाजका अध्यक्ष्य जीव बेल्बासेले पनि आफ्नो कम्युनिटीले समस्त स्थानीयबासीहरुसंग मिलेर अगाडी बढ्न चाहेको र आ-आफ्ना कला संस्कृतिलाई एकआपसमा मिलेर अगाडी बढ्न चाहेको बताएका थिए । बेल्बासेले नयाँ वर्षको कार्यक्रममा उपस्थित भइ सहयोग पुर्याउने विदेशी पाहुनाहरु लगायत सबैप्रति कृतज्ञता ब्यक्त गरेका थिए । वरिष्ठ उपाध्यक्ष्य तथा कार्यक्रम संयोजक रामधन राईले स्वागत मन्तव्य दिंदै नयाँ वर्षको शुभकामना तथा सबैलाई कार्यक्रममा स्वागत गरेका थिए । समाजका पूर्व अध्यक्ष्य तथा वर्तमान सल्लाहकार रोहित गुरुंगले संस्थाको स्थापना र योगदानको बारेमा उल्लेख गरेका थिए । कार्यक्रममा नेपाली तथा अग्रेजी राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । कार्यक्रमको दोश्रो चरणमा संस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको संचालन संस्थाकी प्रवक्ता प्रमिला लाबुंग राई र कल्चरल सेक्रेटरी दिनेश गुरुंगले गरेका थिए । कार्यक्रममा सुरक्ष्या राना, दिव्या राई, कल्पना लिम्बु, प्रनिम गुरुङ, अनित गुरुङ, अन्जना लिम्बु, अनुसा हमाल, विपश्ना गुरुङ, जोसिका बेल्बासे, प्रतिमा गुरुङ र कल्पना गुरुंगले स्वागत नृत्य प्रस्तुत गरेका थिए । लाइभ म्यूजिकमा दिनेश गुरुङ, मिन गुरुङ, डम्मर सिंह, भिम थापा र रोहित गुरुंगले ‘ए कान्छा’ बोलको गीतमा बाँसुरी, सारंगी, ढोलक र मादलको कर्णप्रिय धुन प्रस्तुत गरेका थिए । तेस्तै गरि क्याप्टेन बीरबहादुर थापाले ‘लाहुरेको रेलीमै’ बोलको पूरानो गित गएर मनोरंजन दिलाएका थिए । नेपालबाट आएकी गायिका मंजु बिक लगायत स्थानीय गायिका सुष्मा गुरुङ र रमा बानियाले पनि गित प्रस्तुत गरेका थिए । सयपत्री कल्चरल ग्रुपका तर्फबाट अविसा गुरुङ, कविता गुरुङ, पुष्पा गुरुङ, प्रभु गुरुङ, सुवास गुरुङ र सन्तोष गुरुंगले पनि बिभिन्न लोकप्रिय नृत्य प्रस्तुत गरेका थिए । कौरा नृत्यमा सुरक्ष्या राना, दिव्या राइ, कल्पना लिम्बु, सोफिया गुरुङ, प्रतिमा गुरुङ र कल्पना मगरले आफ्नो प्रस्तुति देखाएका थिए । सुरक्ष्या राना, दिव्या राई, कल्पना लिम्बु, सोफिया गुरुङ, विपश्ना गुरुङ,अगनिस्ता गुरुङ, दिया केसी, जस्मिन केसी, अन्जना लिम्बु, जोसिका बेल्बासे, अनुसा हमाल, प्रतिमा गुरुङ र कल्पना मगरले तामांग सेलोमा नृत्य प्रस्तुत गरेका थिए । तेस्तै गरि कल्पना लिम्बु, दिव्या राई र सोफिया गुरुंगले रिमिक्स नृत्य प्रस्तुत गरेका थिए । प्रनिम गुरुङ र सुरक्ष्या रानाले पूरानो गीतमा नृत्य प्रस्तुत गरेक्ला थिए । समाजकै महिला विभाग संयोजक लिला सेलिंग माबोले अंग्रेजी तथा नेपाली कविता वाचन गरेका थिए । कार्यक्रमको संचालन महासचिव मान गुरुंगले गरेका थिए । कार्यक्रमा सहभागी कलाकारहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । बाँकी फ्होतो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1