Home > Blog > पूर्णिमाको हत्या गर्ने आफ्नै प्रेमी

पूर्णिमाको हत्या गर्ने आफ्नै प्रेमी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं । टोखा ७ धापासी हाइट जाने बाटोमा मृत भेटिएकी महिलाको आफ्नै ‘प्रेमी’ले हत्या गरेको खुलेको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति साढे ८ बजेतिर धापासी हाइटको करिडोर सडकमा महिला रगताम्मे अवस्थामा भएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो । मतृक गोरखा घर बताउने करिव ३२/३३ वर्षकी पूणिर्मा विक भएको खुलेको छ ।

उनी मिस्त्री काम गर्थिन् । श्रीमानले छाडेपछि पछिल्लो समय उनीसँगै काम गर्ने पर्सा ठोरी घर भई धापासी बस्ने विजय तामाङसँग नजिकिएकी थिइन् ।

मिस्त्री काम दुबै जना उनी सात महिनादेखि धापासी हाइटमा सँगै बस्दै आएको खुलेको छ ।

तर, बेलाबेला कोठामा नजाने गरेका कारण पछिल्लो समय पूणिर्माप्रति शंका लागेको विजयले बयान दिएका छन् । आइतबार पनि कोठामा जान आग्रह गरेको तर, नमानेपछि आफूले ढुंगाले हानेको उनले प्रहरी समक्ष स्वीकार गरे ।

पुणिर्मालाई ढुंगाले हानेर हिँडेका उनी कोठामा पुगेर खाना पकाएर खाएका थिए । सोमबार विहान प्रहरीले पक्राउ गरेपछि मात्र उनले पुणिर्माको मृत्यु भएको थाहा पाएको बताएका छन् । उनको कोठामा रगत लागेको पाइन्ट भेटिएको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

ट्रकमा फल्सबटम बनाएर चरेश र अफिम तस्करी !

काठमाडौं । भारतीय ट्रकको प्रयोग गरेर नेपालबाट चरेश र अफिम तस्करी हुने गरेको खुलेको छ …