सवारी दुर्घटनामा उपमेयर घाइते

पर्वत- कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँैँडामा भएको सवारी दुर्घटनामा परी पर्वतका कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काप्mले लामिछाने घाइते हुनुभएको छ ।

काठमाडौँबाट पर्वततर्फ फर्किदै गर्दा काफ्ले सवार ना४च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना २ ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो । जिपमा सवार उपप्रमुखसहित उहाँकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री पनि घाइते हुनुभएको छ । ट्रकको ठक्कर पछि जिप सडकमा पल्टिएको थियो ।

घाइतेको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले जिप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित

गायिका तथा मोडल रिया खत्रीको ‘यूके शहर’ सार्वजनिक