विराटनगर-मोरङको कानेपोखरीस्थित खोर्साने–केराबारी सडकखण्डमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
को२८प ८०९० नम्बरको मोटरसाइकलका चालक कानेपोखरी–८ बस्ने २२ वर्षीय सुजन कोइरालाको मृत्यु भएको विराटचोक प्रहरी चौकीले जनाएको छ । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार सुन्दरहरैचा–८ बस्ने अनिस भट्टराईको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ ।
रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





