Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा ९ अप्रिल, २०१८ मा आरम्भ भएको अन्तर्राष्ट्रिय कफी संगठनको १२१ औं परिषद् बैठकले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि महामहिम डा. दुर्गा बहादुर सुवेदीलाई ‘प्रमोशन एण्ड मार्केट डेभलप्मेन्ट कमिटी’ को उपाध्यक्ष पदमा सर्वसम्मतिले निर्वाचित गरेको छ । उक्त कमिटीको अध्यक्षमा जापानका प्रतिनिधि मिट्सुरियो ताकायांगी निर्वाचित भएका छन् । महामहिम डा. सुवेदीलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भनी मेक्सिकोका लागि ब्राजिलका राजदूत तथा ब्राजिलको प्रतिनिधिमण्डलका नेता महामहिम मौरिको कार्भल्हो लिरियोले प्रस्ताव गरेपछि कोतदेभ्यायर, पनामा, केन्या, इन्डोनेसिया, होण्डुरस, एलसाल्भाडोर, कोलम्विया र इथियोपियाका प्रतिनिधिहरुले समर्थन जनाइ सुवेदीलाई सर्वसम्मतिले निर्वाचित गरिएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
कमिटीका नवनिर्वाचित उपाध्यक्ष राजदूत सुवेदीले नेपाल सरकारका तर्फबाट सबै सदस्य राष्ट्रहरुलाई समर्थनको लागि आभार व्यक्त गर्दै आफूले प्राप्त गरेको जिम्मेवारी इमान्दारीपूर्वक एवं उत्साह र उर्जाको साथ निर्वाह गर्ने बताए । गुणस्तरीय कफी उत्पादनको प्रवर्धनका साथै कफी बजारको विस्तार आजको आवश्यकता हो भन्दै राजदूत सुवेदीले आफ्नो कार्यकालमा नेपाल लगायत अति कम विकसित र विकासोन्मुख मुलुकहरुको कपी उत्पादन र बजार प्रवर्धनका लागि ठोस र सार्थक कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । स्मरणीय छ, नेपालले २२ फेब्रुअरी २०१७ मा मात्र अन्तर्राष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता प्राप्त गरेको हो भने नेपाल सरकारले राजदूत सुवेदीलाई २९ जुन, २०१७ मा अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त गरेको हो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





