महायज्ञबाट ६ करोड ३९ लाख आम्दानी

पोखरा-सराङकोटको धार्मिक पर्यटन विकासमा सहयोग पु¥याउने लक्ष्यका साथ गत माघ २२ देखि फागुन १ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत विराट ज्ञान महायज्ञबाट रु छ करोड छ लाख ५४ हजार ४०७ बचत भएको छ ।

बिहीबार सराङकोटमा आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले रु छ करोड ३९ लाख ४७ हजार ८०५ आम्दानी भएको र रु ३२ लाख ९३ हजार ३९८ खर्च भएको जानकारी दिनुभयो । सराङकोटमा विशाल शिवमन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ महायज्ञ सञ्चालन गरिएको जानकारी हो । उहाँले महायज्ञमा बौद्ध अंग्रेजी शिक्षक ङवाङ बिष्टले १५ करोडको लागतमा विशाल बौद्ध मन्दिर निर्माणार्थ सहयोग घोषणा गर्नुभएको बताउनुभयो ।

तिमिल्सिनाका अनुसार प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीले मुख्य शिवमन्दिर तथा उक्त परिसरमा बन्ने अन्य मन्दिरका मूर्तिसमेत निजी खर्चमा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । मन्दिर सहितका संरचना निर्माणका लागि विभिन्न दाताबाट आठ रोपनी एक दाम जग्गा महायज्ञमा दान प्राप्त भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष प्रेमबहादुर जिसीले विशाल शिव मन्दिरका साथै बुद्ध मन्दिर निर्माणले सराङकोटलाई धार्मिक पर्यटनको पनि उत्कृष्ट गन्तव्य साबित गर्ने विश्वास व्यक्त गर्र्नुभयो ।

महायज्ञका मूल कथावाचक भागवत भाष्कर कमलनयन गौतम हुनुहुन्थ्यो ।

सो अवसरमा शिव मन्दिरको निर्माणार्थ एक करोड र आगामी दिनमा मन्दिरको नित्य पूजा सञ्चालनका लागि रु २५ लाखको अक्षयकोष स्थापना गरिदिने अन्नपूर्ण केवलकार प्रालिका सञ्चालक तीर्थराज त्रिपाठीलाई सम्मान गरिएको थियो ।

समुद्री सतहबाट लगभग एक हजार ५९२ मिटर उचाइमा रहेको सो स्थानसम्म पुग्न पोखरा–बागलुङ राजमार्गको बिन्ध्यवासिनी चोकबाट साढे सात किलोमिटरको दूरी तय गर्नुपर्छ ।
-रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित