Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
सुरुङ्गा, झापा। आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथरको साबिक रानीगाउँ–५ घर भई हाल बिर्तामोड बस्दै आएका ४५ वर्षीय प्रकाश भनिने दानबहादुर नेपाल र उनकी ३० वर्षीय श्रीमती ममता नेपाल रहेका छन् ।
चितवनका विभिन्न व्यक्तिलाई भारतीय सेनामा जागिर लगाइदिने भन्दै नगद तथा सुनका गरगहना ठगी गरेर फरार भएको उजुरीपछि जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा नेपाल दम्पतीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
बीस दिनअघि उनीहरु बिर्तामोडस्थित जात्रुवाडी चौक नजिकै कोठा भाडामा लिएर बस्दै आएको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका नेपाल दम्पतीलाई जिल्ला प्रहरी कार्यालय झापामार्फत जिल्ला प्रशासन कार्यालय चितवन उपस्थित गराइएको छ । केही समययता विभिन्न बहाना बनाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोह सक्रिय रहेकाले त्यस्ता गिरोहबाट सजग रहनसमेत प्रहरी नायब उपरीक्षक कोइरालाले आग्रह गरेका छन् ।
डिसी नेपालबाट ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





