गजल
मेरो मुटु धुजाधुजा बनाएर गयौ
मलाई छोडी अर्कै हात समाएर गयौ।
तिमीबिना एकपल पनि बाँच्दिन म भन्थ्यौर्
उसलाई पायौ खै किन रमाएर गयौ ।
आफुझैँ ठानेँ मैले विश्वास गरेँ तिम्लाई
रुखमा चढाई फेदबाट ढलाएर गयौ ।
जीवनभर नरुहाउने बाचा गरी किन
यी नयनमा वर्षे बाढी चलाएर गयौ ।
काफल पाकेतिरै चरी नाचेजस्तो गरी
म पीडामा हुँदा खुसी मनाएर गयौ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





