नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिंगटार गाउँपालिकाको सिमार्दी भन्ने ठाउँमा आज बिहान जीप खस्दा एकको ज्यान गएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।
बुलिंगटार गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर राना मगरले दिएको जानकारी अनुसार, बिहान ७ बजे भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जीप बुलिंगटार गाउँपालिका– ५ र ६ को बीचमा पर्ने सिमार्दी भन्ने ठाउँमा कच्ची सडकबाट खस्दा घटनास्थलमा १ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।
मृतकको सनाखत हुन सकेको छैन ।
दुर्घटनाका घाइतेहरुलाई अहिले उद्धार गर्ने काम भइरहेको र घटनास्थल दलदलेबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पहाडको खोंचमा रहेकाले उद्धारमा कठिनाई भइरहेको वडाध्यक्ष सूर्यबहादुर रानाले जानकारी दिए ।
सो स्थानमा हालसम्म प्रहरी पुग्न नसकेको र स्थानीयले उद्धार कार्यमा सहयोग गरिरहको अध्यक्ष राना मगरले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
-अनलाइन खबरबाट ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





