Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
अछाम-अछामको साँफेबगर नगरपालिका–३ का एक युवक झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ ।
चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी गएराति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट बुढीगंगा नदीमा खसेको र घटनास्थलमा प्रहरी पुग्दा उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।
रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





