Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको र उसले ‘पर्ख’ र ‘हेर’को रणनीति लिएको समाचार नागरिक दैनिकमा छापिएको छ ।
‘प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै शसंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख र हेर’ को रणनीति अख्तियार गर्न लागेको छ,’ समाचारमा लेखिएको छ ।
पार्टी एकीकरण प्रक्रियालाई हतारमा निष्कर्षमा पुर्याउनुभन्दा केही समय एमाले अध्यक्ष ओलीको कार्यशैली विचार गर्ने आन्तरिक रणनीति माओवादी केन्द्रले तय गरेको हो ।
‘ओली जी जुन शैलीमा पार्टी र सरकार सञ्चालन गरिरहनु भएको छ, त्यसले हाम्रा नेतालाई झस्काएको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘त्यसैले माओवादी केन्द्रका नेताहरुमा वैशाख ९ गते नै पार्टी एकता गर्ने जाँगर कम देखिएको छ । अहिले पर्ख र हेरकै अबस्थामा छौं,’
-नागरिक दैनिक ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





