Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
भक्तपुर । स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ ।
विस्तारित सेवा दिने परियोजनासहित सरकारले दुई वर्षअघि प्रतिष्ठानलाई दिएको ५७० रोपनी जग्गामध्ये भौतक पूर्वाधार निर्माण गर्दा ५० रोपनी जग्गा हराएको तथ्य खुलेको हो ।
१५ सय शय्याको अस्पतालसहित चारवटा मेडिकल कलेज एकै ठाउँमा सञ्चालन गर्ने महत्त्वकांक्षी लक्ष्यसाथ निर्माण सुरु हुने भनिएको सो क्षेत्रमा प्रतिष्ठानले भोगचलनका लागि नापी गर्ने क्रममा लालपुर्जामा भएभन्दा फिल्डमा ५० रोपनी कम देखिएपछि सो जग्गा कसले भोगचलन गरिरहेको छभन्ने बहस सुरु भएको छ ।
अर्बौं रुपैयाँ पर्ने सो जग्गामा चीन सरकाले भौतिक पूर्वाधार निर्माणमा चासो देखाएपछि प्रतिष्ठानले जग्गा नापजाँच गरेको हो
-राजधानी दैनिक
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





