Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो,

गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यलाई कुश्मा नगरपालिकाले विदेश सल्लाहकारमा मनोनयन गरेको छ । विगतमा गरेका योगदानको कदर गर्दै भावी दिनहरुमा पनि अझ बढी योगदान पुर्याउने अपेक्ष्या सहित नगरपालिकाका मेयर रामचन्द्र जोशीले आचार्यलाई एक पत्र मार्फत विद्व्श सल्लाहकारमा नियुक्त गरेको जानकारी गराएका हुन् । उनले वैदेशिक सल्लाहकारको हैसियतले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा नगरको तर्फबाट आधिकारिक प्रतिनिधित्व गर्न आचार्यलाई आधिकारिकता प्रदान गरिएको पनि जनाएका छन् । पर्वत जिल्लाको धाइरिङमा जन्मिएका आचार्यले पर्वत जिल्लाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा थुप्रै सहयोग गर्दै आएका छन् । आफूलाई गरिएको नियुक्तिले सम्मान र मातृभूमिको लागि पनि आत्मियता बढेको आचार्यले बताएका छन् । सल्लाहकारमा नियुक्त भएपछी आचार्यले जन्मभूमी लगायत कुश्मा नगरपालिकाको विकासको लागि आफू निरन्तर लागिपर्ने र पछी नहट्ने बताएका छन् । 
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





