Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
नेपालका जीतु राईले कमनवेल्थ खेलमा भारतका लागि स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको गोल्ड कोस्टमा १० मिटर एयर पेस्तोल स्पर्धामा नयाँ खेल रेकर्डका साथ राईले स्वर्ण पदक जितेका हुन् । २३५.१ अकंसहित राईले पहिलो स्थान हासिल गर्दै भारतका लागि स्वर्ण पदन जितेका हुन् । राई आज विश्वमा पेस्तोलका राज मानिन्छन् ।
१२ वर्ष पहिलसम्म नेपालको संखुवासभाको एक गाउँमा उनी मकै र आलू फलाउथे । शुटिङसँग उनको टाढाको नाता पनि थिएन । घरमा पालेको भैंसी र बाख्रा चराउँदा उनको दिनहरु वित्थ्यो । राईका बुवा भारतीय फौजमा लाहुरे थिए उनले चीन र पाकिस्तानको विरुद्धको लडाइमा पनि भाग लिएका थिए ।
२० वर्षको उमेरमा राई पनि भारतीय सेनामा भर्ती भए । उनी बेलायती लाहुरे बन्न चाहेका थिए । बर्षौदेखि गोरखा रेजिमेन्टका लागि बेलायती फौज भर्नाका लागि नेपाल आउने गरेको छ । सन् २००६–०७ मा जब राई बेलायती फौजमा भर्ना हुनका लागि गए तेही समयमा त्यहाँ भारतीय सेनाको क्याम्पमा पन्जीकरण चालू थियो जबकि बेलायती फौजको रजिस्ट्रेसनमा पनि समय थियो ।
यसैबीचमा भारतीय सेनामा पनि उनले आवदेन दिए । बेलायती सेनामा छानिनु पूर्व नै उनी भारतीय सेनामा छानिए । लखनउ सेन्य अड्डामा हुँदा राईलाई शुटिङमा रुची थिएन तर उनको निशाना राम्रो थियो । भारतीय सेनामा रहेका उनी २०१३ मा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन थाले र एक पछि अर्को मेडल ल्याउन थाले ।
उनले यसअघि २०१४ कमनवेल्थ गेम्समा गोल्डमेडल जिते, २०१४ को एशियन गेम्समा पनि भारतको पहिलो गोल्डकप राईले नै दिलाए । उनले २०१४ मा शुटिङमा नौ दिनभित्र तीन वल्र्डकप मेडेल जितेर रेकर्डनै राखेका छन् ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





