Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
हेटौँडा -नेपाल पत्रकार महासंघ मकवानपुरले जिल्लामा कार्यरत सञ्चारकर्मीका लागि मंलगबार पत्रकार स्वास्थ्योपचार अक्षयकोष स्थापना गरेको छ ।
कोष सञ्चालन गर्न उद्योग संघ हेटौँडाका अध्यक्ष नवराज अर्यालले रु दुई लाख पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलाई हस्तान्तरण गर्नुभयो । कोषमा अन्य संघसंस्था तथा जिल्ला समन्वय समिति र हेटौँडा उपमहानगरपालिकाबाट पनि अर्थ जुटाई कोषमा जम्मा गर्ने लक्ष्य रहेको बताइएको छ । महासंघमा आबद्ध सञ्चारकर्मीलाई दुर्घटना र गम्भीर बिरामी हुँदा तत्काल उपचार गर्न कोषबाट रकम प्रदान गरिने छ ।
-रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





