गायक सुजन पराजुलीले मायालुलाई सम्झाउँदै गीतमार्फत पोखे गुनासो

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,
“खोज्दै होला चौतारीले खोज्दै होला गाउँ बेसीले, नभन है संगीसाथी माया मर्यो परदेशीले” नेपालको रमणीय स्थल पोखरालाई चटक्क छाडेर हाल लण्डनमा बस्दै आएका युवा गायक सुजन पराजुलीको सांगीतिक माध्यमबाट घरदेश र परदेशको सम्झनास्वरूप ‘माया मार्यो परदेशीले’ बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ । लोकप्रिय गायक कृष्ण देवकोटा र चर्चित गायिका देवी घर्तीको साथमा सुजन पराजुलीले आफ्नो सुमधुर स्वर दिएका छन् । परदेशमा रहेको मयालुको प्रतिक्ष्यामा रहँदाको पीडा र आफ्नै बाध्यताले पटक पटक भाका सारेर मायालुको सपना पूरा गर्न नसकेको परदेशीको ब्यथाले भरिएको कथाव्यथालाई गीतमार्फत ब्यक्त गर्न खोजिएको छ । महेन्द्र गौतम र रिचा थापाको जोडदार अभिनय रहेको यस गीतको म्यूजिक भीडीयोको निर्देशन दिलिप रेग्मीले गरेका छन् । कृष्ण देवकोटाको शब्द संगीत रहेको यस गीतको म्यूजिक भीडीयोको सम्पादन रबिन बि.क. ले गरेका छन् भने मरुभूमी नारायणको छायांकन रहेको छ । गाउबेसी र चौतारीको मनोरम प्राकृतिक सौन्दर्यता सहितको दृश्यले गीतका शब्दहरुलाई अझ मौलिकता प्रदान गरेको छ । गायन क्षेत्रका एक सफल अनि सुमधुर स्वरका धनि युवा गायक सुजन पराजुलीले स्थानीय कार्यक्रमहरुमा बेलायातवासिहरुलाई मनोरंजन प्रदान गर्दै आएका छन् । गीतमा गाउँबेसी र भन्ज्यांग अनि चौतारीको उल्लेख गरिएको र छायांकनमा पनि शब्दले खोजे अनुरुपको दृश्यलाई कैद गरिएको हुँदा यस लोक भाकालाई सबैले मन पराउने आशा राखेको गायक सुजन पराजुलीले बताएका छन् ।

गीतको म्यूजिक भीडीयो हेर्नुहोला ।


गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित