Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके, फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
लन्डन, सन् २००७ मा बेलायतवासी क्षेत्रीहरुद्वारा स्थापीत क्षेत्री समाज बेलायतको छैटौं अधिवेशन २०१८ ले राजन कुमार क्षेत्रीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको (२०१८-२०२०) को चयन गरेको छ । नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरद राज आरनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा क्षेत्री समाज नेपालका पूर्व अध्यक्ष्य प्रा.डा. दीलबहादुर क्षेत्री बिशेष अतिथीको रुपमा उपस्थित रहेको थियो । राजनकुमार क्षेत्रीको नेतृत्वमा चयन गरिएको नयाँ कार्यसमिति अन्तर्गत एक महिला सहित तीनजना उपाध्यक्ष्यको व्यबस्था गरी टेक जिसी, यज्ञ क्षेत्री र प्रतिमा केसीलाई उपाध्यक्ष्यमा चयन गरिएको छ ।
महासचिवमा कुमार केसी, सचिवमा उत्तम खत्री, कोषाध्यक्षमा सेविका जिसी र सहकोषाध्यक्षमा महेन्द्र केसी निर्विरोध भएका छन् । त्यस्तै, जनसम्पर्क सचिव दिलबहादुर जिसी, महिला संयोजक श्रद्धा थापा, सांस्कृतिक सचिव गिता रायमाझी र मिडिया संयोजक नरेन्द्र बस्नेत चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा टोपबहादुर राउत, दुर्गा बानिया, सुनिल खड्का, सरोजकुमार थापा, मनिषकुमार थापा, मनिष खड्का र इन्द्र क्षेत्री चुनिएका छन् । उपाध्यक्षबाहेकका सबै पद निर्विरोध भएपनि उपाध्यक्षको लागि तीनजनाको उमेद्वारी परेपछि कार्यसमितिको सर्वासम्मतमा एक महिला उपाध्यक्ष्य रहनेगरी तीनजना उपाध्यक्ष्यको व्यबस्था गरिएको हो ।
नयां कार्यसमिति चयनको निमित्त भिम बानिया, रामशरण सिंखडा र धन क्षेत्री सम्मिलित निर्वाचन समितिको गठन गरिएको थियो । संस्थाका अध्यक्ष्य धन बहादुर कुँवरको अध्यक्ष्यतामा सम्पन्न उक्त अधिवेशनको प्रमुख अतिथी शरद राज आरन, अध्यक्ष्य धन कुँवर, संस्थापक अध्यक्ष्य कृष्ण बहादुर थापा क्षेत्री र प्रमुख सम्रक्ष्यक ध्रुब के.सी. द्वारा पानसमा बत्ति बालेर उद्घाटन गरिएको थियो । सोहि क्रममा क्षेत्री समाज बेलायतद्वारा गतवर्ष आयोजना गरिएको च्यारिटी डिनर नाइटको अवसरमा तयार पारिएको भीडीयो सीडीको पनि विमोचन गरिएको थियो ।
तेस्तै गरि क्षेत्री समाज नेपालका पूर्व अध्यक्ष्य प्रा. डा. दीलबहादुर क्षेत्रीद्वारा लिखित “खस समुदाय आन्दोलन र उपलब्धि” नामक पुस्तकको पनि विमोचन गरिएको थियो । कार्यक्रममा नेपाली दूतावासका उपप्रमुख शरदराज आरन, क्षेत्री समाज नेपालका पूर्व अध्यक्ष डा. दिलबहादुर जिसी, क्षेत्री समाज यूकेका संस्थापक अध्यक्ष कृष्णबहादुर क्षेत्री, समाजका प्रमुख संरक्षक ध्रुव केसी, एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य, पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि शरदराज आरणनले समाजको सफलताको कामना गर्दै समाज सेवामा लागिरहन र नेपालको राजनैतिक अवस्थामा सुधार भैसकेकोले नेपालमा पनि लगानी गर्नको लागि अनुरोध गरेका थिए । राजनकुमार क्षेत्रीले संस्थाको प्रगति विवरण पेश गरेका थिए भने निवर्तमान सह-कोषाध्यक्ष्य सेविका जीसीले आयव्यय प्रस्तुत गरेकी थिइन् । तेस्तै गरि संस्थाको आपतकालीन कोषको आयव्ययको बारेमा पनि संयोजक प्रतिमा केसीले प्रकाश पारेकी थिइन् ।
अन्तमा संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष्य भीम बानियाँले नवनिर्वाचित कार्यसमितीलाई सपथ गराएका थिए । कार्यक्रमलाई ब्यबस्थापन गर्नको लागि रामशरण सिम्खडा, कुमार केसी. राजन क्षेत्री, बल बहादुर रायमाझी नरेन्द्र बस्नेत, हेमराज बिष्ट, शम्भु कुमार केसी, रोजन भण्डारी, गीता रायमाझी र अनिता सिम्खड़ाको एक टोलि गठन गरिएको थियो ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





