Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
रुकुम – चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको आज बिहान ढुंगाले लागेर मृत्यु भएको छ ।
खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले टाउकामा चोट लाग्दा गम्भीर घाइते हुन पुगेको मल्ललाई चौरझारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमा नै आज मृत्यु भएको जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।
-रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





