Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
राजविराज- सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ ।
बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी यादवको घरमा सञ्चालन गरेको सियाराम शर्माको फर्निचर उद्योगमा विद्युत् ९सर्ट० चुहिएर आगलागी हुँदा निजको फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै छिमेकी देवनारायण साफीको एउटा घर, जीवछ साफीको तीन घर, लक्ष्मी साफीको दुई र चन्देश्वर यादवको एउटा घर जलेर नष्ट भएको प्रहरी चौकी बेल्हीले जनाएको छ । सो आगलागीबाट फर्निचर उद्योगमा रहेको टेबुल, कुर्सी, दराज, पलङ लगायतका समान जलेर नष्ट भएको पीडित शर्माले बताउनुभयो ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, सुन, चाँदी, गरगहना र नगदसहित रु २० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।
-गोरखापत्र अनलाइनबाट ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





