एलजी ग्रुपका नाईके भनेर चिनिने ललित गुरुङसहित तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिलाई धम्क्याएर चन्दा असुली गरेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा दीपेन्द्र परियार र संगम थापा छन् ।
थुप्रै उजुरीका आधारमा गुरुङसहित तीनजनालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए । विगतदेखि नै आपराधिक गतिविधिमा संलग्न रहँदै आएका ललित पटकपटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् । ‘ललित अझै सुध्रिएको रहेनछ । नियत पनि गलत रहेछ,’ उनले भने, ‘थुप्रै व्यक्तिको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’
शनिबार राती पक्राउ परेका तीनैजनालाई आईतबार जिल्ला अदालतलबाट म्याद थपी गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।कास्कीको सुरक्षा स्थितिलाई आँकलन गरी तयार १५ बुँदे कार्ययोजना अन्तर्गत अपराध नियन्त्रण तथा रोकथामलाई प्राथमिकतामा पारी गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशिलता र चोरी, कालोबजारी तथा अवैध मदिरा नियन्त्रणमा जोड दिने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।
धम्क्याएर चन्दा असुल्ने ‘एलजी ग्रुपका ३ पक्राउ
धम्क्याएर चन्दा असुल्ने ‘एलजी ग्रुपका ३ पक्राउ
तपाईको प्रतिक्रिया





