Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं २ बरदाहामा एक महिलाको विभत्स तरिकाले हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मटिहानी नगरपालिका–२ बरदाहाकी २५ वर्षीया पुनमदेवी दास तत्माको विभत्स हत्या भएको हो ।
सोमबार बिहानदेखि घरबाट हराइरहेकी पुनमको मटिहानी नगरपालिका–४ स्थित मटिहानी जनकपुर सडकखण्डको पूर्वतिर सडक छेउको खाल्डोमा हत्या गरी जुटको बोरामा बेरेर फालिएको अवस्थामा बुधबार बिहान शव फेला परेको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।
दुई छोरीकी आमा पुनमको अनुहार र पेट जलेको तथा शरीरभरि कुटपिटको निलडाम रहनुका साथै टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।
यसैबीच घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मृतक पुनमका पति शिवशंकर दास तत्मासहित चारजनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
-रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





