तीन महिनामा ५४ हजार नागरिक विस्थापित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

अफगानिस्तान -सन् २०१८ शुरुभए पछि तीन महिनाको अवधिमा अफगानिस्तानमा ५४ हजारभन्दा बढी नागरिक द्वन्द्वका कारण विस्थापित भएका अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घ मानवीय मामिला हेर्ने कार्यालयले मङ्गलबार जनाएको छ ।

उक्त कार्यालयको विस्थापित नागरिकको खोज कार्यक्रमका अनुसार द्वन्द्वग्रस्त अफगानिस्तानमा युद्धले थप आक्रामक रूप लिँदा ठूलो सङ्ख्यामा नागरिक आन्तरिक तथा बाह्य रूपमा विस्थापित बनेका हुन् ।

प्राप्त तथ्याङ्कमा भनिएको छ, “अफगानिस्तानमा सन् २०१८ को जनवरी, फेब्रुवरी र मार्च महिनामा ५४ हजार ६३ नागरिक भएका छन् ।”

विस्थापितहरूको सङ्ख्या कुन्दुज प्रान्तमा १३ हजार ६१५ ताखरमा पाँच हजार ७४० रहेको छ ।े अफगानिस्तानको राजधानी समेत रहेको काबुल प्रान्तमा एक हजार २०० नागरिक लोगार, नानगाहर, जाज्वान र पर्याव प्रान्तबाट विस्थापित भै आएका तथ्याङ्का राष्ट्रसंघको स्थानीय कार्यालयले जनाएको छ ।

त्यसैगरी फाराह प्रान्तको राजधानी शहर फारहामा ८०० जना आएका र विस्थापित बनेका बाँकी नागरिक मध्य, दक्षिण र पूर्वी क्षेत्रमा शरण लिई बस्दै आएका जनाइएको छ । विस्थापितको सङ्ख्या क्रमशः बढ्दै गएपछि राष्ट्रसंघको स्थानीय कार्यालयले चासो व्यक्त गरेको हो ।

सन् २००१ पछि अफगानिस्तानमा करिब १० लाख नागरिकले द्वन्द्व र द्वन्द्वका कारण आएको गरीबी सामना गर्न नसक्दा शरणार्थीका रूपमा सुरक्षितस्थलतर्फ पलायन भएका हुन । विस्थापितमध्ये झण्डै आधा जनङ्ख्या अर्थात् चार लाख ४५ हजार नागरिक सन् २०१७ मा मात्रै आफ्नो घरबास छोडी शरणार्थीका रूपमा देश तथा विदेशका विभिन्न स्थानमा पुगेका शरणार्थी मामिला हेर्ने राष्ट्रसंघको स्थानीय कार्यालयले बताएको छ ।
-रासस \सिन्हा
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित