ट्राफिक नियम उल्लंघन गरे एक रात हिरासतमा राख्ने

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले ट्राफिक नियम उल्लंघन गर्नेलाई एक रात हिरासतमा राख्न शुरु गरेको छ। साना खालका कारबाहीलाई सबैले सहजरुपमा लिने गरेकाले केही विशेष अवस्थाका ट्राफिक नियम उल्ल‌ंघन गरेको अवस्थामा हिरासतमा राख्नेदेखि दुई हजार रुपैयाँसम्म जरीवाना तिराउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए। ट्राफिक प्रहरी प्रमुख रानाभाट भन्छन, ‘ट्राफिक प्रहरीले यस खालको कारबाही सबैभन्दा बढी मोडीफाइ गरी चर्को आवाज निकाली पड्काउँदै मोटरसाइकल हाँक्ने र सवारी चालक अनुमतिपत्र बिना नै सवारी चलाउनेलाई गर्नेछ।’ चर्को आवाजमा मोटरसाइकल चलाउने गरेको भन्दै नागरिकहरुले ट्राफिक प्रहरीमा गुनासो गरेका कारण चेकजाँचमा पनि मोडिफाइ गरिएका र चर्को आवाज निकाल्नेहरुलाई विशेष ध्यान दिइएको ट्राफिक प्रहरी जवान सुदीप सापकोटाले बताए। यही क्रममा ट्राफिक प्रहरीले अनुमतिपत्र बिना नै सवारी चलाएका तथा दुर्घटना गराएर भागेका केही व्यक्तिहरुलाई कारबाही समेत गरिसकेको छ। उनीहरुलाई नयाँ कारबाही अन्तर्गत एक रात हिरासतमा राख्नुका साथै दुई हजार रुपैयाँ जरिवाना तिराइएको छ। यसैगरी, सवारी चेकजाँचका क्रममा नियम उल्लंघन गरेको देखिएमा तत्कालै एक मिनेट चालक र सहचालकलाई ट्राफिक नियमबारे जानकारी दिने गरिएको पनि ट्राफिक प्रहरी प्रमुख रानाभाटले बताए।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित