Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा अनलाइन रेडियो यूके, 
लन्डन, मार्च ३१ तारिख शनिबारका दिन प्राय नाचगानले भरिने बेलायतको अल्डरसटस्थित एम्पाएर हलको माहोल छुट्टै किसिमको थियो । हप्तैपिच्छे च्यारिटीको अनुभव बटुलेका बेलायतवासी नेपालीहरुले उक्त दिनको च्यारिटीमा भने नौलो अनुभूती प्राप्त गरेका थिए । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले आपतकालीन कोषको स्थापना गर्नको लागि आयोजना गरेको च्यारिटी डिनर वीथ बक्सिंगको आयोजना गरि स्थानीय क्लबका १४ जना ब्रिटिश बक्सरहरुबीच प्रतिस्पर्धा गरएको थियो । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा एनआरएन आइसीसी उपाध्यक्ष्य कुल आचार्य विशेष अतिथि रहेका थिए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि,पत्रकार, समाजसेवी लगायत बेलायतवासी नेपालीहरुको उपस्थिति रहेको थियो । एनआरएन यूके च्यारिटी विभागको संयोजनमा संघका उपाध्यक्ष्य तथा च्यारिटी विभाग संयोजक प्रेम गाहामगरको विशेष पहलमा कार्यक्रमको आयोजना गरिएको थियो । नेपालमा बक्सिङ खेलका राष्ट्रिय खेलाडीको रुपमा परिचित मगर ब्रिटिश आर्मीमा समेत सोहि खेलसंग आवद्ध थिए ।
अन्तर्राष्ट्रिय स्तरका नेपाली तथा गैरनेपाली बक्सरहरुको सहभागितामा भएको विशेष बक्सिंग शो निकै आकर्षक बन्न सफल भयो । कार्यक्रममा विश्व नम्बर ४ बक्सर जोन राइडर, एबिए बक्सिंग फाइनालिस्ट अलान साउथवीक, एबिए च्याम्पियन कोनी, बेलायतका नम्बर थ्री बक्सर क्रिस ब्रोक, युरोपियन च्यामिपयन नेपाली बक्सर अदिप राना मगर लगायत विशेष अतिथीका रुपमा सहभागी भए । खेलका विजेता तथा उपविजेताहरुले नगद तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा बेलायती तथा नेपाली बक्सरहरुबीच कुल १० वटा खेल भए । प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यक्रम तथा आयोजकको प्रशंसा गरेका थिए । तेस्तैगरी एनआरएन यूके अध्यक्ष्य योग कुमार फगामी, महासचिव आर के त्रिपाठीले पनि युवाहरुलाई अगाडी बढाउने सोचले आयोजना गरिएको यस्तो कार्यक्रमले यूवा पिडीहरिलाई थप हौसला मिल्ने धारणा ब्यक्त गरेका थिए ।
एनआरएन आइसीसी अध्यक्ष्य कुल आचार्यले पनि ऐतिहासिक कार्यक्रमको संज्ञा दिंदै संयोजकको प्रशंसा गरेका थिए । कार्यक्रममा नेपाल लगायतका विभिन्न कलाकृतिहरुको लिलाम गरिएको थियो । गोर्खालीहरुको खुकुरी डान्सले पनि कार्यक्रमको थप आकर्षक बढाएको थियो । बेलायतमा बसोवास गर्दै आएका नयाँ तथा पुराना पिडीलाई एक आपसमा जोडने उद्देश्यले आयोजना गरेको उक्त ऐतिहाँसिक कार्यक्रमको संचालन पूर्व मिस यूके नेपालद्वय गौमाया गुरुङ र तेनिसा राना मगरले संचालन गरेका थिए । अन्तमा नाचगान गरेर मनोरंजन गरिएको थियो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





