काठमाडौँ। पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाई बर्षिया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानीयबासीले देखेपछि भागेका ती युवाको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो ।
मृतकको सनाखत हुन सकेको छैन । कुश्मा नगरपालिका ४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे २ बर्षिया छोरी सुवानी परियारलाई एक अपरिचित व्यक्तिले अपहरण गरेर लैजाँदै गर्दा स्थानीयबासीले देखेर हारगुहार गरेपछि उनी भाग्न खोज्दा भीरबाट खसेका थिए ।





