Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
काठमाडौं । न भूमिगत न खुला रहेको, न शान्तिपूर्ण न सशस्त्र युद्धमा उत्रिएको, तर एकीकृत क्रान्तिको नारो आवरणमा खुलमखुला पेट्रोल बम पड्काउँदै आउन पाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जनआन्दोलन ब्युँताएर त्यसको अभ्यासमा लागेको छ।
उक्त पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र दुईपटक प्रधानमन्त्री बनिसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत जनअदालतमा हाजिर हुन उर्दी जारी गरिसकेको छ।
सो पार्टीको स्रोतले जनअदालतमा झन्डै १० हजार मुद्दा दर्ता भएको दाबी गरेको छ।
समाचारमा लेखिएको छ, उसको दाबीअनुसार वडाध्यक्षदेखि प्रहरी उच्च निकायका प्रमुखविरुद्ध देशैभरबाट यस्ता मुद्दा दर्ता भएका छन्। ती मुद्दाहरु अधिकांश लेनदेन, सम्बन्धविच्छेद, अंशबण्डा, भ्रष्टाचारलगायत छन्।
ओली र प्रचण्डलाई १५ दिने वारेन्ट
नेकपाले बहालवाला प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध १५ दिनभित्र जनअदालतमा उपस्थित हुन वारेन्ट जारी गरेको छ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1





