Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
बागलुङको बलेवा विमानस्थलमा विगत २६ वर्ष पछि प्लेन चल्न शुरु भएपछि यहाँको रौनक नै बढेको छ । यहि चैत्र ५ गतेको परिक्षण उडान सफल भए लगत्तै तारा एअरले पहिलो उडान ९ गते भरेको थियो । तारा एअरले उडान भरेको ६ दिन पछि आज चैत्र १५ गते दास्रो उडान नेपाल एयरलाइन्स ले भरेको छ । नेपाल एयरलाइन्सको यो पहिलो उडानमा चालक दल सहित १८ जना यात्रुहरु सवार थिए भने बागलुङ बाट काठ्माण्डौ जाने चालक दल बाहेक यात्रु संख्या ६ रहेको छ । विमान उडान तालिका हरेक साताको आईतवार तारा एअरलाईन्स र विहिवार नेपाल वायु सेवा निगम ले भर्नेछ
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।





