Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
TuneIn Radio
tunein.com
TuneIn Radio
tunein.com
भोजपुर जिल्लालाई चैत २५ गते साक्षर जिल्ला घोषणा गरिनेभएको छ । अनौपचारीक शिक्षा समितिको बुधबार अपराह्न बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका साक्षरता प्रतिशत ९६ दशमलव ४३ प्रतिशत पुगेसँगै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले जानकारी दिनुभयो ।
हाल जिल्लाका ११० स्थानमा साक्षरता कक्षा सञ्चालन भइरहेको र त्यसबाट १ हजार ६५० जनाले निरन्तर कक्षा लिइरहेको जिल्ला शिक्षा कार्यलयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यसैबीच, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सदरमुकामको स्थानीय टुँडिखेलमा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।Untitled-1





