पहिलोपटक भित्रियो मकै छर्ने मेसिन पर्वतमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

पर्वत । जिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरको हो । कार्यालयले मिनी पावरटिलर र त्यसमै जडान गर्न मिल्नेगरी निर्मित मकै रोप्ने (सिडर), छोडाउने (कन्सेलर) र खोल्स्याउने मेसिन किसान समूहलाई वितरण गरेको हो। बारीमा पावरटिलरले जोत्दै मकै रोप्ने यो मेसिन जिल्लामै पहिलोपटक भित्रिएको हो । कार्यालयमा बुधवार आयोजित कार्यक्रममा फलेवासको वडा नं १ कार्कीनेटाको अन्नपूर्ण दुग्ध सहकारी संस्था, शंकरपोखरीको शिवशंकर कफी सहकारी र मुडिकुवाको तल्लो सेराफाँट कृषक समूहलाई मेसिन हस्तान्तरण गरिएको हो । रु ६५ हजार पर्ने मिनी पावरटिलरमा जडित मेसिनले प्रतिदिन ६ देखि ७ रोपनी बारीमा मकै रोप्न मिल्ने वरिष्ठ कृषि अधिकृत बसन्तकुमार श्रेष्ठले जानकारी दिए । मकै जोन कार्यालयले पाइलट प्रोजेक्टका रूपमा न्यूनतम २० रोपनी जमिनमा अनिवार्य मकै लगाउने समूहलाई मेसिनसहितको हलो वितरण गरको छ। समूहमा आवद्ध किसानलाई कार्यालयले चालू वर्ष २० रोपनीका लागि आवश्यक मकै बीउ, मल र आवस्यक परे विषादीसमेत अनुदान दिने कार्यक्रम छ। ‘यो नयाँ अभ्यास हो,’ कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत वसन्तकुमार श्रेष्ठले भने, “सफल भए अर्को वर्षदेखि कार्यक्रम र मेसिन थप्छौं।” पावरटिलरमा मकै लगाउने मेसिन (सिडर) को सहायताले मकै रोप्दा २० जनासम्म कामदारको श्रम घट्ने कृषि प्राविधिकहरु बताउँछन्। सिडर जडित टिलर एक्लै चलाउन मिल्ने उनले बताए । गाउँमा जनशक्तिको अभाव र गोरु पाल्ने प्रचलन हट्दै गएका बेला यो मेसिन बढी उपयोगी हुने कृषकको भनाई छ। रासस
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ । Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित