बच्चा जन्मेको एक घण्टामै एसईइ परीक्षामा सामेल

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

माध्यमिक शिक्षा परिक्षा (एसईई)को चौथो दिन मंगलबार म्याग्दीमा एक सुत्केरी छात्रा परिक्षामा सहभागी भएकी छिन् । धौलागिरी गाउँपालीका ७ को शिवाङ मावि केन्द्रमा ताकम माविकी छात्रा फुलमायाँ केसीले सुत्केरी भएको एक घण्टामै परिक्षामा सहभागीता जनाएकी हुन् । बिहान ताकम स्वास्थ्य चौकीमा छोरी जन्माएकी २१ वर्षिया केसीलाई परिवारका सदस्यहरुको सहयोगमा स्टे«चरमा बोकेर लगत्तै परिक्षा केन्द्रमा पु¥याइएको थियो ।
बच्चा जन्माएपछि परिक्षामा सहभागी हुने केसीको ईच्छा अनुसार छुट्टै कोठामा सहज हुने गरी परिक्षा दिने व्यवस्था मिलाएको स्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालले बताए । मंगलबार विज्ञान विषयको परिक्षा भएको थियो । केसीकी छोरीको नाम समेत प्रवेशिका राखिएको छ । धौलागिरी गाउँपालीका ३ सोलवाङकी केसी ताकम माविबाट एसईईमा सहभागी भएकी हुन् । गत शुक्रबारदेखि सुरु भएको एसईई परिक्षामा म्याग्दीमा पाँच जना दृष्टिबिहीन र १४ जना एक्जाम्टेड सहित एक हजार १६९ जना छात्रा र एक हजार १५७ जना छात्र सहभागी भएका शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्व रेग्मीले बताए

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।Untitled-1

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित